आजदेखि संसद्मा बजेटमाथि छलफल हुने
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०, ०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
काठमाडौं, जेठ २१ : संसद्मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ ।
छलफलका लापग प्रतिनिधिसभाको बैठक बोलाइएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०, ०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।
संवैधानिक व्यवस्थाबमोजिम यही जेठ १५ गते अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा बजेट पेस गरेका थिए ।
प्रकाशित मिति: ०७:२८ बजे, आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)