प्रधानमन्त्रीको स्पष्टोक्ति– मनैदेखि धर्मनिरपेक्षतावादी हुँ
दाहालले मन्दिरको नियम अनुसार नै आफूले पूजा गरेको स्पष्ट पारे। उनले भने, ‘आफू कुनै धर्मविशेषको नभएर सबै धर्मलाई समान व्यवहार गर्ने व्यक्ति हुँ।’
काठमाडौं, जेठ २० : आज चार दिने भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री पुष्पकमल दाहालले आफू धर्मनिरपेक्षतावादी भएको बताएका छन्।
भारत भ्रमणका क्रमम प्रधानमन्त्री दहालले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरु वस्त्र लगाएर पुजा गरेको फोटो सर्वाजनिक भएपछि समाजिक सञ्जालमा थुप्रै कोणबाट त्यसको चर्चा भएको थियो। त्यही विषयमा स्पष्टीकरण दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दहालले आफू धर्मविरोधी नभएको तर सबै धर्मलाई समान व्यवहार गर्ने बताए।
दाहालले मन्दिरको नियम अनुसार नै आफूले पूजा गरेको स्पष्ट पारे। उनले भने, ‘आफू कुनै धर्मविशेषको नभएर सबै धर्मलाई समान व्यवहार गर्ने व्यक्ति हुँ।’
‘मुस्लिम कम्युनिटीमा जाँदा उहाँहरुको टोपी लगाएको छु, क्रिश्चियनको गिर्जाघरमा जाँदा मन्त्र जप्दै गरेको फोटो तपाईंहरुसँग छ कि छैन,’ उनल भने ‘लुम्बिनी जाँदा बुद्धिष्टहरूको कार्यक्रममा पनि त्यतिकै सहभागी भएको छु । हिन्दुकहाँ जान नहुने र अरुकोमा जान हुने भन्ने हुन्छ र ?’
उनले धर्मनिरपेक्षता भनेको धर्मविरोधी नभएको र सबै धर्मलाई समान व्यवहार गर्ने भएको बताए।
प्रधानमन्त्री दहालले त्यहाँ आफूले गेरुबस्त्र नलगाउँदा एक अर्ब भारतीयको नजरमा नेपाल र नेपालको प्रधानमन्त्रीप्रति अविश्वास पैदा हुने बताए। आफ्नो सुरक्षाकर्मीले सकेसम्म गेरुबस्त्र नलगाउन कर गरेको तर मन्दिरमा मुख्य अतिथिले गेरुबस्त्र लगाउनैपर्ने नियमका कारण आफूले पनि लगाएको प्रधानमन्त्री प्रचण्डले बताए ।
‘प्रोटोकल मिचेर भए पनि लाउन नदिनुस् भन्दाखेरि के हुने भयो भन्दा भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालका प्रधानमन्त्रीप्रति । त्यसले देशलाई फाइदा हुन्थ्यो त?’ उनले प्रश्न गरे । उनले आफूले सहजढंगले गेरु वस्त्र लगाउँदा सबै खुसी भएको बताए।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

