Kathmandu Press

मोदीलाई नेपाल भ्रमणको निम्तो

‘मोदीले सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाल भ्रमणलाई ठूलो महत्व दिएको बताउँदै उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिनुभएको छ।’
मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडाैं, जेठ २० : प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन्। चार दिने भारत भ्रमण सकेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताए।

मोदीले अनुकूल समय मिलाएर नेपाल भ्रमणमा आउने बताएको प्रधानमन्त्री दाहालले उल्लेख गरे। उनले भने, ‘मोदीले सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाल भ्रमणलाई ठूलो महत्व दिएको बताउँदै उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिनुभएको छ।’

जेठ १७ गते भारत गएका प्रधानमन्त्री दहाल आजै साँझ नेपमाल एयरलायन्सको नियमित उडानमार्फत स्वदेश फर्किएका हुन्। उनले आफ्नो भ्रमण परिणाममुखी र सफल भएको बताएका छन्।

 

प्रकाशित मिति: २०:०६ बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्