Kathmandu Press

भारत भ्रमणबाट फर्किएपछि प्रधामन्त्री दहाले भने– भ्रमण परिणामुखी र सफल भयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्ररका सम्मेलन गर्दै प्रधानमन्त्री दाहालले भ्रमण विगतका भन्दा परिणाममुखी र कामकाजी भएको बताए।
भारत भ्रमणबाट फर्किएपछि प्रधामन्त्री दहाले भने– भ्रमण परिणामुखी र सफल भयो

काठमाडौं, जेठ २० : भारतको चार दिने औपचारिक भ्रमण सकेर शनिबार साँझ नेपाल फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमण परिणामुखी र सफल भएको बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्ररका सम्मेलन गर्दै प्रधानमन्त्री दाहालले भ्रमण विगतका भन्दा परिणाममुखी र कामकाजी भएको बताए।

प्रधानमन्त्रीले आफ्नो भ्रमण आर्थिक क्रियाकलाप र द्विपक्षीय सहयोगको क्षेत्रमा बढी केन्द्रित भएको बताए। उनले दुई देशको राजनीतिक नेतृत्व तहमा विश्वासको वातावरण बनेको पनि बताए।

उनले नेपालमा निर्माणाधीन जलविद्युत् तथा सडकजस्ता ठूला विकास परियोजनाका लागि अतिआवश्यक पर्ने विस्फोटक पदार्थको सरल र सहज आपूर्तिका लागि भारतीय समकक्षीसँग सकारात्मक कुराकानी भएको बताए ।

भारतले आफ्नै देशका लागि आवश्यक रहेको भन्दै विस्फोटक पदार्थको आपूर्ति २०७९ चैत ३० गतेदेखि रोकेपछि ठूला पूर्वाधार परियोजनाहरु अघि बढाउन समस्या देखिँदै आएको छ।

प्रधानमन्त्री दहालले ऊर्जा व्यापारमा लामो अवधिको सम्झौता हुनु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै १० वर्षमा १० हजार मेगावाट विजुली खरिद गर्ने कुरा गर्नु, पारवहन सम्झौता हुनु, रेलमार्ग, पुल निर्माण सुख्खा बन्दरगाह भारतले अनुदानमा बनाउन तयार हुनुजस्ता कुराले भ्रमण परिणाममुखी र सफल भएको बताए।

 

प्रकाशित मिति: १९:३५ बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्