Kathmandu Press

इतिहासकार चटौतको ‘अभिनन्दन’ ग्रन्थ विमोचन

एनडी प्रकाश चटौत स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ग्रन्थमा स्वदेश र विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुद्धारा लिखित आरडी प्रभास चटौत सम्वद्ध १ सय ७८ वटा रचना समावेश गरिएको छ।
इतिहासकार चटौतको ‘अभिनन्दन’ ग्रन्थ विमोचन

काठमाडौं, जेठ २० : इतिहासकार एवं संस्कृतिविद प्राज्ञ आरडी प्रभास चटौतको जीवनी समावेश भएको ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थको लोकार्पण गरिएको छ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यतामा ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थको लोकार्पण गरिएको हो। एनडी प्रकाश चटौत स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ग्रन्थमा स्वदेश र विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुद्धारा लिखित आरडी प्रभास चटौत सम्वद्ध १ सय ७८ वटा रचना समावेश गरिएको छ।

Hardik ivf

८८ वर्षिय आरडी प्रभास चटौतले भारतका विभिन्न विश्वविद्यालयबाट शास्त्रीय अध्ययन, अंग्रेजी, संस्कृत र हिन्दी साहित्यमा स्नातक गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर एव कानुन विषयमा स्नातक गरेका छन्।

निजामती सेवामा ३ दशक योगदान गरेका चटौतले शैक्षिक सुधारका लागि समेत महत्वपुर्ण योगदान गरेका छन्। डडेलघुरामा सलह किराबाट खेतीपाती नष्ट भएपछि सानै उमेरमा उनले कृषकको बेदना र जागरण समेटिएको सलह नामक कविता कृति ल्याएका थिए।

प्रकाशित मिति: १९:१५ बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्