Kathmandu Press

भारतबाट फर्किए प्रधानमन्त्री दाहाल

चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् ।
भारतबाट फर्किए प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ २० : प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमणबाट स्वदेश फर्किएइका छन्। उनी शनिबार साँझ नेपाल एयरलाइन्सको नियमित उठानबाट त्रिभुवन अन्तर्रााष्ट्रिय विमान स्थालमा अवतरण गरेका हुन्।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल राज्यमन्त्री मीनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालगायतले बिदाइ गरेका थिए।

चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् ।

उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए भने मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुजाआज पनि गरेका थिए।

प्रधानमन्त्री दाहालल भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए।

प्रकाशित मिति: १८:५० बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्