Kathmandu Press

प्रधानमन्त्री प्रचण्डको इन्दिरा गान्धी विमानस्थलबाट बिदाइ

प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई इन्दिरा गान्धी विमानस्थलबाट भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले बिदाइ गरेकी थिइन्।
प्रधानमन्त्री प्रचण्डको इन्दिरा गान्धी विमानस्थलबाट बिदाइ

काठमाडौं, जेठ २० : भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश प्रस्थानका लागि दिल्लीबाट बिदाइ भएका छन् । 

प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई इन्दिरा गान्धी विमानस्थलबाट भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले बिदाइ गरेकी थिइन्।

भारत सरकारले विशेष सांस्कृतिक झाँकीसहितको टोली विमानस्थल पठाएर प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गरेको थियो। चार दिने भारत भ्रमणका लागि गत जेठ १७ गते प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेका थिए। 

प्रकाशित मिति: १७:४५ बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्