एमाले सरकारबाट हटेपछि कसैले समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट गरेनन् : ओली
एमाले विज्ञान तथा प्रविधि विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले एमाले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीलाई एमालेपछिको कुनै सरकार र एमालेविरोधीले अंगीकार गर्न नसकेको बताएका हुन्।
काठमाडाैं, जेठ २० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट हटेपछि कसैले पनि समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट गर्न नसकेको बताएका छन्।
एमाले विज्ञान तथा प्रविधि विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले एमाले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीलाई एमालेपछिको कुनै सरकार र एमालेविरोधीले अंगीकार गर्न नसकेको बताएका हुन्।
उनले केही मान्छे धेरै धनी हुने र केही मान्छे गरिबको गरिब रहने अवस्थालाई समृद्ध नेपाल भन्न नसकिने बताए। ओलीले समान रुपमा जनताको आयस्तर बढेपछि मात्रै समृद्ध नेपाल हुन सक्ने जिकिर गरे। मावनविकास र समाज विकासलाई प्राथमिकतामा राखेर देशको छिटो जिम्मेवार विकास हुनुपर्ने उनको भनाइ छ।
उनले कृषिलाई प्रविधियुक्त विकास गर्नुपर्ने भएपनि यसले मानवजिवनमा पार्ने असरलाई ध्यान दिनुपर्ने बताए।
प्रकाशित मिति: १६:२६ बजे, शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)