Kathmandu Press

चुरेकाछका महिलामा आङ खस्ने र पाठेघरको समस्या

बर्दिबास–४ माईस्थानको कामीडाँडा बस्तीमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले महिलाका लागि आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरमा चार सय महिलामा आङ खस्ने र पाठेघर समस्या पाइएको हो।
चुरेकाछका महिलामा आङ खस्ने र पाठेघरको समस्या

महोत्तरी, जेठ २० : महोत्तरीको चुरेकाछ बस्तीमा आङ खस्ने र पाठेघरको समस्या भएका धेरै महिला भेटिएका छन्। बर्दिबास–४ माईस्थानको कामीडाँडा बस्तीमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले महिलाका लागि आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरमा चार सय महिलामा आङ खस्ने र पाठेघर समस्या पाइएको हो।

बिहीबार र शुक्रबार गरी दुई दिन सञ्चालित शिविरमा सात सय ५८ महिलाले स्वास्थ्य जाँच गराएका छन्। जसमध्ये चार सयमा आङ खस्ने र पाठेघरको मुखको क्यान्सर देखिएको रेडक्रस उपशाखा बर्दिबासले जनाएको छ। शिविरमा आङ खस्ने र पाठेघरको मुखको क्यान्सर तथा यसको रोकथामबारे ९भिसिटी० बारे जाँच गरिएको थियो।

जाँच भएकामध्ये १९ जनाको पाठेघरको शल्यक्रिया गरिने र आङ खस्ने समस्या भएका १५ महिलालाई रिङ लगाइने जाँचमा संलग्न महिला रोग विशेषज्ञ डा दीपक शाहलाई उद्धृत गर्दै रेडक्रस उपशाखा बर्दिबासका सभापति रेवन्त कार्की ‘सुदीप’ले जानकारी दिए।

Hardik ivf

रेडक्रस उपशाखाले शिविरका लागि बर्दिबास नगरपालिका क्षेत्रको भित्री बस्ती चुरेकाछ नजिक चयन गरेको थियो। नगरपालिका भनिए पनि चुरेकाछका बासिन्दा स्वास्थ्य जाँच र उपचारबाट बञ्चित हुने गरेकाले यस क्षेत्र शिविरका लागि छनोट गरिएको उनले बताए।

'मधेस प्रदेशमा भए पनि चुरेकाछका बस्तीहरु पहाडी परम्परा र चलनका छन्, यहाँका महिलाको जीवन डोकोरनाम्लो, घाँसरदाउरा र घरको बुहार्तनमा बित्छ,' कार्कीले भने, 'त्यसैले स्वास्थ्य जाँच र उपचारको अवसरबाट बञ्चित हुने चुरेकाछ क्षेत्रमा शिविर राखिएको हो।' 

तामाङ, मगर, कामी, सार्की र दमाईंलगायत दलित समुदायको बाहुल्यताको रहेको यस क्षेत्रका महिलाले बढी गर्भधारण गर्ने र बच्चा जन्माउने पाइएकाले यहाँका महिलामा आङ खस्ने र पाठेघरसम्बन्धी समस्या बढी हुने सम्भावना देखेपछि यहाँ शिविर राखिएको कार्कीको भनाइ छ।

शिविरमा जाँचपछि चिकित्सकको सिफारिसअनुसार बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको छ। त्यसैगरी, रिङ लगाउने तथा शल्यक्रिया सुविधायुक्त अस्पतालमा एक साताभित्रै निःशुल्क उपलब्ध गराइने रेडक्रस उपशाखाले जनाएको छ।

मुख्यतः महिलाका लागि पाठेघरको मुखको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने रोगको प्रतिरोधात्मक उपचार, पाठेघर जाँच, थर्मोकुलस सेवा, फिस्टुलाको शल्यक्रिया र भिडियो एक्स–रेसहितका जाँच सेवाका लागि महिला केन्द्रित शिविर आयोजना भएको सभापति कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा आँखा जाँच र उपचार सेवा पनि सञ्चालन गरिएको थियो।

कामीडाँडा मावि परिसरमा सम्पन्न शिविरमा विद्यालयका तीन सय १० छात्रछात्राको आँखासहित विभिन्न जाँच  र चार सय १० सर्वसाधारणको आँखा जाँच र उपचार गरिएको आँखा विशेषज्ञ डा दीना ठाकुरले बताउनुभयो। जाँच गराएका छात्रछात्रामध्ये १२ जनालाई चस्मा उपलब्ध गराइएको छ। त्यसैगरी, आँखा जाँच गराएका सर्वसाधारणमध्ये २७ जनाको मोतिविन्दुको शल्यक्रिया गरिने डा ठाकुरले जानकारी दिए।

शिविरमा बाल स्वास्थ्य जाँच, आँखा जाँच तथा उपचार बालरोग विशेषज्ञ डा अनिल शाह र आँखा विशेषज्ञ डा दीना ठाकुर नेतृत्वको चिकित्सक टोलीले गरेको हो। महिलातर्फको जाँच र उपचार वरिष्ठ महिला विशेषज्ञ डा दीपक साह र डा कैलाश मण्डल, वरिष्ठ रेडियोलोजिस्ट डा अजय यादव र दक्ष स्वास्थ्यकर्मी ९नर्स, अहेब०सहित १८ सदस्यीय चिकित्सक टोलीले गरेको रेडक्रस उपशाखाका सभापति कार्कीले जानकारी दिए।

शिविर सञ्चालनमा प्राविधिक सहयोग सामुदायिक सेवा प्रतिष्ठान भक्तपुर, आर्थिक सहयोग बर्दिबास नगरपालिका र अन्य व्यवस्थापकीय सहयोग बर्दिबास हेल्प फाउन्डेसन, रोटरी क्लब अफ बर्दिबास र कामीडाँडा मावि परिवारले गरेको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ।

प्रकाशित मिति: १६:२० बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्