Kathmandu Press

बाजुरामा भीरबाट लगेर बालिका गम्भीर घाइते

घाँस काट्न गएका बेला भीरबाट लगेर उनी गम्भीर घाईते भएकी स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिए। 
बाजुरामा भीरबाट लगेर बालिका गम्भीर घाइते

बाजुरा, मंसिर १९ : बाजुरामा भीरबाट लगेर एक बालिका गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका –२ साप्पाटाकी अन्दाजी १५ वर्षीया नानी भण्डारी रहेकी छन्।

घाँस काट्न गएका बेला भीरबाट लगेर उनी गम्भीर घाईते भएकी स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिए। 

उनका अनुसार, भीरबाट लडेर गम्भीर घाइते भएकी भण्डारीको कोल्टी आधारभूत अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बताए।

टाउँको सहित शरिरका विभिन्न भागहरुमा गम्भीर चोट लागेकोले कोल्टीमा उपचार सम्भव नभएकाले तारा एयरको हवाई जहाजमा नेपालगञ्ज उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
 
प्रकाशित मिति: २०:११ बजे, शुक्रबार, मंसिर १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्