उपराष्ट्रपति यादव र सार्क महासचिवबीच भेट
भेटमा सार्क मुलुकहरूमा पछिल्लो राजनीतिक विकासक्रम र क्षेत्रीय सहयोगलगायत बहुआयामिक विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
काठमाडौं, मंसिर १९ : सार्कका महासचिव मोहम्मद गोलाम सरवरले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेट गरेका छन्।
महासचिव सरवरले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर यादवसँग आज शिष्टाचार भेट गरेका हुन्।
भेटमा सार्क मुलुकहरूमा पछिल्लो राजनीतिक विकासक्रम र क्षेत्रीय सहयोगलगायत बहुआयामिक विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
उपराष्ट्रपति यादवले नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र तथा सार्क सचिवालय नेपालमा रहेको सन्दर्भमा महासचिवको जिम्मेवारी निर्वाह गर्ने कार्यमा नेपाल सरकारको पूर्ण सहयोग रहने बताका थिए।
उपराष्ट्रपति यादवले पछिल्लो राजनीतिक विकासक्रमबारे उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालमा गत सेप्टेम्बरमा भएको ‘जेनजी’ आन्दोलनपश्चात देश आमनिर्वाचनतर्फ अग्रसर रहेको र सरकारको मुख्य प्राथमिकता आगामी मार्चमा हुने निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरणमा केन्द्रित रहेको बताएका थिए।
यस्तै महासचिव सरवरले उपराष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्दै सार्क प्रक्रियालाई प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको सहकार्य अपरिहार्य रहेको र नेपाल सरकारको सहयोगप्रति आभार प्रकट गरेका थिए।











-(32)-1764944804.jpeg)
