Kathmandu Press

काठमाडौंमा अझै तीन दिन वर्षा नहुने

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले काठमाडौँमा अबको तीन दिनसम्म वर्षाको सम्भावना नरहेको बताएका हुन्।
काठमाडौंमा अझै तीन दिन वर्षा नहुने

काठमाडाैं, जेठ २० : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा अबको तीन दिनसम्म वर्षाको नहुने जनाएकाे छ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले काठमाडौँमा अबको तीन दिनसम्म वर्षाको सम्भावना नरहेको बताएका हुन्।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ।

मौसमविद् झाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा आंशिक बदली रहेको छ। तराई क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको छ। कर्णाली, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ।

काठमाडौँमा शुक्रबार र आज न्यूनतम तापक्रम १७ डिग्री र अधिकतम तापक्रम समान ३२ डिग्री सेल्सियस रहेको छ।विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ।

तराई मधेसमा ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको बताइएको छ।

प्रकाशित मिति: १५:४६ बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्