‘सभापतिलाई गाली गरेर मात्रै पार्टी बलियो बन्दैन’
सभापति देउवाले आगामी दिनमा आफू पार्टीको सभापति नबन्ने स्पष्ट पारे। उनले कुन कुरा कता बोल्नुपर्छ भन्ने कुरा पार्टीका नेताहरुले बुझ्नुपर्ने जिकिर गरे।
काठमाडाैं, जेठ २० : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सभापतिलाई गाली गरेर पार्टी बलियो नहुने बताएका छन्।
शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने भन्दै पार्टी बनाउन जनतामाझ जानुपर्ने बताएका हुन्।
उनले आफ्नो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलिका दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने जिकिर गरे।
सभापति देउवाले आगामी दिनमा आफू पार्टीको सभापति नबन्ने स्पष्ट पारे। उनले कुन कुरा कता बोल्नुपर्छ भन्ने कुरा पार्टीका नेताहरुले बुझ्नुपर्ने जिकिर गरे।
त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले समयमा नै पार्टीलाई समयमा नै विधिसम्मत रुपमा अघि बढाउन सके आगामी दिनमा कुनै दल र शक्तिको चुनौती सामना गर्न नपर्ने बताए। उनले पार्टीको विभागहरुको विषयलाई टुंग्याएर शसक्त रुपमा अघि बढ्नुपर्ने धारणा राखे।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

