Kathmandu Press

डा. खनालको कविताकृति ‘सन्देश’ सार्वजनिक

‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा खनालले, राष्ट्रिय जीवन, समाज, राष्ट्रिय  विभूति र राजनीतिलगायतका विषयमा लेखेका छन्।
डा. खनालको कविताकृति ‘सन्देश’ सार्वजनिक

काठमाडाैं, जेठ २० : डा. दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक भएको छ। 

‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा खनालले, राष्ट्रिय जीवन, समाज, राष्ट्रिय  विभूति र राजनीतिलगायतका विषयमा लेखेका छन्।

Hardik ivf

कृतिको पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्वलगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन्। कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा कविता रहेका छन्।

कर्मभूमि बेलायत बनाएका कवि डा खनालका कवितामा भने नेपाल नै नेपाल पाइन्छ। युनिभर्सिटी अफ म्यानचेष्टरसहितका विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्दै आएका डा खनालका दर्जन बढी पुस्तक, जर्नल आर्टिकल र बुक च्याप्टर प्रकाशित छन्।

प्रकाशित मिति: १४:५९ बजे, शनिबार, जेठ २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्