Kathmandu Press

विद्यालयको शौचालयमा जलिरहेको अवस्थाम भेटिए लेखापाल

सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ४० वर्षीय मनिल ढकाल शनिबार बिहान शौचालयमा जलिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
विद्यालयको शौचालयमा जलिरहेको अवस्थाम भेटिए लेखापाल

मोरङ, जेठ २० : मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन्।

सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ४० वर्षीय मनिल ढकाल शनिबार बिहान शौचालयमा जलिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

Hardik ivf

उनी आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको प्रहरीले बताएको छ। आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ।

गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:१० बजे, शनिबार, जेठ २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्