Kathmandu Press

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कने

गत बिहीबार भारत गएका दाहाल आज अपरान्ह ४ः२० नेपाल एयरलाइन्सको नियमति उडानबाट स्वदेश फर्कनेछन्।
प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कने

काठमाडौं, जेठ २० : चार दिने भारत भ्रणमा रहेका प्रधानमन्त्री पुष्पकमल दहाल आज स्वदेश फर्कंदैछन्। गत बिहीबार भारत गएका दाहाल आज अपरान्ह ४ः२० नेपाल एयरलाइन्सको नियमति उडानबाट स्वदेश फर्कनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेका थिए।

शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पगेका प्रधानमन्त्री दाहाल त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर आज दिल्ली फर्किने छन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री स्तरीय भेटवार्तासहित केही सम्झौताहरू भएका छन्। दाहालले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गरिसकेका छन्।

 

प्रकाशित मिति: ०८:५३ बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्