Kathmandu Press

भारतको ओडिशामा भयानक रेल दुर्घटना, २२३ जनाको मृत्यु, ९ सय बढी घाइते

चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठाेकिँदा भएको दुर्घटनामा परी २२३ जनाकाे मृत्यु भएकाे छ भने ९०० भन्दा बढी यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
भारतको ओडिशामा भयानक रेल दुर्घटना, २२३ जनाको मृत्यु, ९ सय बढी घाइते

काठमाडाैं, जेठ २० : भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना भएको छ। ओडिशा राज्यको बालासोर जिल्ला नजिकै भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ।

चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठाेकिँदा भएको दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो।

भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् ।

त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ।

शुक्रबार साँझदेखि नै उद्धार र राहत कार्य तीव्र बनाइएको पनि भारतीय अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए।

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति: ०७:४३ बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्