Kathmandu Press

संजय दत्तको ‘मुन्ना भाइ-३’ आउने

काठमाडौं, माघ २१ : संजय दत्तको चर्चित फिल्म ‘मुन्ना भाइ’मा अर्को फिल्म आउने भएको छ। यसको तयारी सुरू गरेको विधु विनोद चोपडाले बताएका छन्।

संजय दत्तको ‘मुन्ना भाइ-३’ आउने

काठमाडौं, माघ २१ : संजय दत्तको चर्चित फिल्म ‘मुन्ना भाइ’मा अर्को फिल्म आउने भएको छ। यसको तयारी सुरू गरेको विधु विनोद चोपडाले बताएका छन्।

निर्माता चोपडाले ‘मुन्ना भाइ एमबीबीएस’ र ‘लगे रहो मुन्ना भाइ’ रिलिज भएको धेरै वर्षपछि ‘मुन्ना भाइ–३’ बनाउने भएका हुन्। करिब १४ वर्षपछि मुन्ना भाइको नयाँ फिल्म बनाउन लागेको उनले बताएका छन्।

एक अन्तर्वार्तामा निर्माता चोपडाले भनेका छन, ‘म मुन्ना भाइ बनाउन चाहन्छु। केही वर्षदेखि मुन्ना भाइमाथि काम गरिरहेको छु। अब मसँग वास्तवमै राम्रो गर्नलाई केही आएको छ।’

यसमा संजय दत्तसहित सबै कलाकार हुने विश्वास गरिएको छ। यहि फेब्रुअरी १० देखि काम सुरू हुने जनाएको छ।

मुन्ना भाइ एमबीबीएसकाे ट्रेलर

 

प्रकाशित मिति: १३:०४ बजे, मंगलबार, माघ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्