आगामी वर्षको बजेट उत्पादनमा केन्द्रित गछौं : मुख्यमन्त्री पाण्डे
‘जति साधन स्रोत छ, त्यसलाई अधिकतम उपयोग गर्दछौं र उत्पादनमा बजेट केन्द्रित गर्ने योजना बनाएका छौं । अनुत्पादक क्षेत्रमा बजेट राख्दैनौँ, कहाँ कहाँ घटाउन सकिन्छ भनेर खोजी गरी रहेका छौं। मितव्ययी बन्छौं,’ मुख्यमन्त्री पाण्डेले भने।
कास्की, जेठ २० : गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले सरकारले आगामी वर्ष २०८०/८१ को वार्षिक बजेट उत्पादन वृद्धिमा केन्द्रित गर्ने बताएका छन्।
सरकारको नीति कार्यक्रम तथा बजेटका विषयमा आयोजित छलफलमा उनले साधन स्रोत सिमित भएकाले धेरै उत्साहित हुने अवस्था नरहे पनि उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै जनताका विकास निर्माणका चाहना पूरा गरिने बताए।
‘जति साधन स्रोत छ, त्यसलाई अधिकतम उपयोग गर्दछौं र उत्पादनमा बजेट केन्द्रित गर्ने योजना बनाएका छौं । अनुत्पादक क्षेत्रमा बजेट राख्दैनौँ, कहाँ कहाँ घटाउन सकिन्छ भनेर खोजी गरी रहेका छौं। मितव्ययी बन्छौं,’ मुख्यमन्त्री पाण्डेले भने।
मुख्यमन्त्री पाण्डेले स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिने योजना रहेको सुनाए। सरकारले आगामी वर्ष सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधार निर्माणतर्फ बजेटको सिलिङ तोकेर लगानी गर्ने र खुद्रा योजनामा बजेट खर्च नगरिने उनले स्पष्ट पारे।
सांसद विकासलाई कोषलाई निरन्तरता दिने कि नदिने भन्ने बारेमा सत्तापक्ष र प्रतिपक्ष सबैसँग छलफल भइरहेको उनले बताए। उलने भने, ‘सांसद विकास कोषको बजेट सांसदले खर्च गर्ने होइन, विनियोजित अनुसारको योजना छनोट गर्ने हो। सांसद पनि जनतासँग जोडिएका हुन्छन्। कतिपय प्रतिवद्धता हुन्छन् । त्यसलाई पूरा गर्नका लागि सांसद विकास कोष रहन सक्छ । छलफल भइरहे पनि टुंगो लागेको छैन।’
सरकारले सञ्चार क्षेत्रका लागि समेत बजेटमा व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाए।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

