Kathmandu Press

एमालेमा नेताहरूकाे जिम्मवारी हेरफेर, उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी

योजना तथा नीतिसम्बन्धी विभागमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वाधार र विकास निर्माणमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलतामा रामबहादुर थापा बादल र सामाजिक विकाससम्बन्धी विभागको नेतृत्व अष्टलक्ष्मी शाक्यले पाएका छन्।
एमालेमा नेताहरूकाे जिम्मवारी हेरफेर, उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी

काठमाडौं, जेठ १९ : नेकपा एमालेले नेताहरुको कार्य विभाजन हेरफेर गरेको छ। शुक्रबारको पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ भने केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्जकाे जिम्मेवारी दिएकाे छ। 

योजना तथा नीतिसम्बन्धी विभागको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भने पूर्वाधार र विकास निर्माणसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलता सम्बन्धी विभागको नेतृत्व रामबहादुर थापा बादल र सामाजिक विकाससम्बन्धी विभागको नेतृत्व अष्टलक्ष्मी शाक्यले गर्नेछन्।

यस्तै मानव स्रोतसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसम्बन्धी विभागको नेतृत्व सुवास नेम्वाङ र संगठन प्रशिक्षण र प्रचारसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष विष्णु पौडेललाई तोकिएकाे छ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई संसदीय मामिला विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि उनी प्रचार विभाग प्रमुख थिए। प्रचार विभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई दिइएको छ।

यस्तै बैठकले संकठन विभागको जिम्मेवारी काशिनाथ अधिकारीलाई दिएको छ भने यसअघि संगठन विभागमा रहेका खगराज अधिकारीलाई सहरी विकास विभागमा पठाएको छ।

केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ । कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव रघुवीर महासेठ, मधेशको योगेश भट्टराई, गण्डकीको गोकर्ण विष्ट र लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई दिइएको छ।

कर्णाली प्रदेशकाे इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन् । बागमती प्रदेशको विशेष कामहरुको संयोजन भने केन्द्रीय कार्यालयले नै गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

यस्तै, बैठकले स्थायी कमिटी र पोलिटब्यूरो सदस्यलाई जिल्ला इन्चार्ज बनाएको छ भने केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: १९:५७ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्