Kathmandu Press

अबको मिसन ‘सुशासन’ : मन्त्री गुरुङ

‘भ्रष्टाचारी प्रवृत्ति भएका जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ, कारवाही हुनैपर्छ । अनुसन्धानलाई अझै प्रभावकारी ढंगले अगाडि बढाऔँ, दोषी कोही उम्किन नपाउन्,’ उनले भने ।
अबको मिसन ‘सुशासन’ : मन्त्री गुरुङ
फाइल तस्बिर ।

स्याङ्जा, जेठ १९ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अबको बाटो सुशासनको भएको बताएका छन्। कांग्रेस प्रथम भीरकोट नगरसम्मेलनलाई आज स्याङ्जाको बयरघारीमा सम्बोधन कांग्रेस उपसभापति समेत रहेका गुरुङले भ्रष्टाचारीलाई कारवाही गर्नुपर्नेमा जोड दिए।

‘भ्रष्टाचारी प्रवृत्ति भएका जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ, कारवाही हुनैपर्छ’, उनले भने, ‘अनुसन्धानलाई अझै प्रभावकारी ढंगले अगाडि बढाऔँ, दोषी कोही उम्किन नपाउन्।’

नक्कली भुटानी शरणार्थी प्रकरणलगायत फाइलमा आफूहरुले प्रधानमन्त्रीलाई साथ दिएको दाबी गर्दै उनले यस अभियानलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए।

‘भ्रष्टाचार प्रवृत्तिको अन्त्य गर्दै देशलाई अब सुशासनको बाटोमा लैजानु आवश्यक छ । देशमा सुशासन भएको प्रत्याभूति जनतालाई दिनुपर्ने भएकाले अब बोलेर हैन कामबाट देखाउनुपर्ने बेला आएको छ,’ उनले भने,।

नागरिकता विधेयकले आमाको नामबाट नागरिकता नपाएका, बाबु आमा नेपाली नागरिक भएर पनि छोराछोरीले नागरिकता नपाएका र गैर आवासीय नेपालीले नेपालको नागरिकता पाउने तर राजनीतिक नेतृत्व गर्न नपाउने गरी तीनवटा कुरा समेटिएको उनले जानकारी दिए।

प्रकाशित मिति: १९:४७ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्