चीन भ्रमण निकै फलदायी भयाे : अग्नि सापकोटा
चीन अध्ययन भ्रमण पूरा गरी स्वदेश फर्किएपछि शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले दुई पार्टीबीच एकअर्कालाई सहयोग गर्नेलगायत विषयमा निकै फलदायी कुराकानी भएको बताए।
काठमाडाैं, जेठ १९ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीन भ्रमण निकै फलदायी भएको बताएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा १५ दिन लामो चीन अध्ययन भ्रमण पूरा गरी स्वदेश फर्किएपछि शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले दुई पार्टीबीच एकअर्कालाई सहयोग गर्नेलगायत विषयमा निकै फलदायी कुराकानी भएको बताए।
उनले चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिले शान्ति प्रक्रियाका बारेमा चासो राखेको र यसमा चीनले सहयोग गर्नुपर्नेमा आफुले जोड दिएको बताए।
भ्रमणका क्रममा जुलाईको अन्तिम साता वा अगस्टको पहिलो सातातिर चीनको भ्रमण गर्ने सम्भावना रहेको प्रधानमन्त्री प्रचण्डको सन्देश चिनियाँ कम्युनिस्ट पार्टीसमक्ष राखिएको उनले बताए।
त्यस्तै बिआरआई अन्तर्गत सस्तो व्याजदरमा ऋण भनिएपनि केहि योजनाहरुमा अनुदान दिन प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावका बारेमा पनि जानकारी गराइएको र सकारात्मक जवाफ प्राप्त भएको सापकोटाले जानकारी दिए।
उनले आगामी दिनमा चीन भ्रमणलाई व्यवस्थीत गर्न र अभिलेखिकरण राख्न समिति बनाइएको जानकारी दिए। सापकोटाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधि मण्डल चीनमा दुई साताको अवलोकन भ्रमण सम्पन्न गरी जेठ १८ गते राति स्वेदश फर्किएको थियो।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

