Kathmandu Press

कांग्रेस बदल्न सबै नेताकार्यकर्ता बदलिन सक्नुपर्छ : महामन्त्री थापा

शुक्रबार काठमाडौंमा नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै थापाले पार्टीको आधारभूत मान्यतासँग बाझिने गरि पार्टी सभापतिले एकलौटी रुपमा निर्णय गर्दै आएको भन्दै अव एकलौटी निर्णयलाई नमान्ने बताएका हुन्।
कांग्रेस बदल्न सबै नेताकार्यकर्ता बदलिन सक्नुपर्छ : महामन्त्री थापा

काठमाडाैं, जेठ १९ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आधारभूत मान्यतासँग बाझिनेगरी नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न नसक्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै थापाले पार्टीको आधारभूत मान्यतासँग बाझिने गरि पार्टी सभापतिले एकलौटी रुपमा निर्णय गर्दै आएको भन्दै अब एकलौटी निर्णयलाई नमान्ने बताएका हुन्।

उनले रेशम चौधरीलाई आममाफी दिने, नागरिकताको विषय, प्रदेश सरकारको विषय, सांसद विकास कोष लगायतका गम्भीर निर्णयहरु सभापतिले एक्लै गरेको भन्दै कांग्रेसका अन्य नेता तथा कार्यकर्ताले सञ्चारमाध्यमबाट थाहा पाउने अवस्था आएको जिकिर गरे। महामन्त्री थापाले पार्टी नेतृत्वले एकपछि अर्को गलत निर्णय गर्दै गए त्यसकाे भारीले पार्टीलाई कहिल्यै उठ्न नसक्ने गरी थिच्ने धारणा राखे।

उनले अब पार्टीलाई बदल्न कांग्रेसका सबै नेताकार्यकर्ताले आफूलाई बदल्न सक्नुपर्ने बताए। उनले पार्टीको सदस्यता वितरणको प्रक्रिया नै गलत भएकाले गुटउपगुट हाबी भएको भन्दै सदस्यता वितरण प्रणालीलाई नै बदल्नुपर्ने जिकिर गरे।

त्यस्तै उनले गुटलाई जोगाउन खोज्दा पार्टी नै कमजोर हुने अवस्था रहेकाले यसलाई भत्काउने कामको सुरुवात गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १५:०५ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्