नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : बोर्ड अध्यक्ष केसी
बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताए।
काठमाडाैं, जेठ १९ : चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकाे भन्दै चिन्ता व्यक्त गरेका छन्।
बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताए। 'बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट प्रस्ताव गरेको तर बजेट विनियोजन भएन,' उनले भने।
चलचित्रको प्रवर्धनका लागि स्टुडियो बनाउने सकारात्मक रहे विदेशी चलचित्र आयात गर्नेमा ५ प्रतिशत कर लगाउनुपर्नेमा १ प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति आफू पनि सन्तुष्ट नरहेको बताए।
उनले भने, 'एउटा स्टुडियो पनि नभएको अवस्थामा दुईवटा स्टुडियो बन्ने कुराले हर्षित छौँ । चलचित्रसम्बन्धी आवश्यक कुरा मन्त्रालयमा बढाएका छौं।'
प्रकाशित मिति: १४:०१ बजे, शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












