नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता
नागरिकता प्रमाणीकरण संविधानविपरीत रहेको जिकिरसहित त्यसलाई तत्काल रोक्न अन्तरिम आदेशको माग रिटमा गरिएको छ।
काठमाडौं, जेठ १९ : राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक रहेको दाबीसहितको रिट दर्ता भएको छ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले पेस गरेको रिट दर्ता भएको हो। रिट बिहीबार नै पेस गरिए पनि आज (शुक्रबार) दर्ता भएको हो। नागरिकता प्रमाणीकरण संविधानविपरीत रहेको जिकिरसहित त्यसलाई तत्काल रोक्न अन्तरिम आदेशको माग रिटमा गरिएको छ।
पुरानो राष्ट्रपतिले रोकेको विधेयक संसदमा छलफलबिनै नयाँ राष्ट्रपतिले जारी गर्न नमिल्ने दाबी वरिष्ठ अधिवक्ताद्वयको छ। रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ।
प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

