Kathmandu Press

इन्दोरमा प्रधानमन्त्री दाहाललाई मुख्यमन्त्री चौहानद्वारा स्वागत

उनलाई त्यहाँका नागरिकले नेपाल र भारतको झन्डा फहराएर सम्मान प्रकट गरे।
इन्दोरमा प्रधानमन्त्री दाहाललाई मुख्यमन्त्री चौहानद्वारा स्वागत

काठमाडाैं, जेठ १९ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दोर पुगेका छन्।

विशेष विमानमार्फत इन्दोर पुगेका प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरे। त्यस्तै उनलाई त्यहाँका नागरिकले नेपाल र भारतको झन्डा फहराएर सम्मान प्रकट गरे।

शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ।

त्यसअघि शुक्रबार बिहान नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ब्रेक थ्रु भएको बताए।

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले बताए।

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा छन्। प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्कने कार्यक्रम छ। 

प्रकाशित मिति: १३:२६ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्