Kathmandu Press

सिन्धुलीको गोलन्जोरस्थित सुनकोसी नदीमा जिप खस्दा तीन जना बेपत्ता

प्रहरीका अनुसार गाडी चालक पौडिएर बाहिर निस्केको र बाँकी ३ जना बेपत्ता भएको जानकारी दिए। 
सिन्धुलीको गोलन्जोरस्थित सुनकोसी नदीमा जिप खस्दा तीन जना बेपत्ता

काठमाडौं, जेठ १९ : सिन्धुलीको गोलन्जोरस्थित सुनकोसी नदीमा गाडी खस्दा ३ जना बेपत्ता भएका छन्। 

मध्यपहाडी लोकमार्गको घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। बा१झ ७४६७ नम्बरको जिप काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेकाे थियाे।

सवार हुनेमा गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का ३ कर्मचारी तथा गाडीमा चालकसमेत गरी चार जना सवार थिए। उनीहरूको पहिचान हुन सकेको छैन। 

प्रहरीका अनुसार गाडी चालक पौडिएर बाहिर निस्केको र बाँकी ३ जना बेपत्ता भएको जानकारी दिए। उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्