Kathmandu Press

‘परिस्थिति बिग्रेलाजस्तो थियो, मोदीजीसँगको वान टु वान वार्तापछि ठीक भयो’

‘अस्ति बेलुकाको स्थिति अर्कै थियो, हिजो बिहानबाट बिस्तारै वातावरण सकारात्मक बन्दै गयो र हैदराबाद हाउसको रिजल्ट आयो । एमओयू भयो, अग्रिमेन्ट भयो । हस्ताक्षर भयो । त्यो सबैले गर्दा यो भिजिट महत्त्वपूर्ण भयो।’
‘परिस्थिति बिग्रेलाजस्तो थियो, मोदीजीसँगको वान टु वान वार्तापछि ठीक भयो’

काठामाडौं, जेठ १९ : चार दिने भारत म्रणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको हैदरावाद हाउसको वार्तापछि वातारण राम्रो बनेको प्रतिक्रिया दिएका छन्।  

नयाँदिल्लीमा नेपाली पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले पहिला कुरा बिग्रेला बिग्रेलाजस्तो भएपनि मोदीसँगको वार्तापछि वातावरण सहज भएको बताए।

‘हामीले जुन अपेक्षा र तयारीका साथ आएका थियौं । बीचमा अलिकति कम्प्लेक्सिटी आउने हो कि जटिलता आउने हो कि भन्याजस्तो पनि थियो आउँदाका दिन, उनले भने। बुधबार बेलुकाको अवस्था जटिल भए पनि बिहीबार बिहानबाट वातावरण सहज बन्दै गएको प्रधानमन्त्री दाहालले बताए ।

‘अस्ति बेलुकाको स्थिति अर्कै थियो, हिजो बिहानबाट बिस्तारै वातावरण सकारात्मक बन्दै गयो र हैदराबाद हाउसको रिजल्ट आयो,’ प्रधानमन्त्री दाहालले भने, ‘एमओयू भयो, अग्रिमेन्ट भयो । हस्ताक्षर भयो । त्यो सबैले गर्दा यो भिजिट महत्त्वपूर्ण भयो।’

बुधबार दिल्ली ओर्लिएपछि नेपाली दूतावास पुग्दा आफ्नो अनुहारमा कुनै चमक नभएको समेत उनले बताए । आफूलाई कुनै दबाब भएजस्तो महसुस भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पहलमा वातावरण सहज हुन पुगेको उनले बताए।

आफूले प्रधानमन्त्रीका रूपमा चार पटक भारत भ्रमण गरे पनि यो भ्रमण ऐतिहासिक भएको उनले बताए । पहिलेका भ्रमणलाई भन्दा यस पटक भारतीय सञ्चारमाध्यमले पनि राम्रो स्थान दिएको उनले बताए।

त्यस्तै प्रधानमन्त्री दाहालले यस पटकको मुख्य उपलबिध लङटर्म पावर डिल नै भएको बताए । दाहालले भने, ‘हामीले सबैभन्दा जोड दिएको दीर्घकालीन ऊर्जा सम्झौता हो । हामीसँग भएको पोटेन्सियल भनेको पावर सेक्टर नै हो।’

आफूले भारतीय समकक्षी मोदीसँगको भेटमा सीमा विवाद थाती राखेर नेपाल–भारत सम्बन्धमा ब्रेकथ्रु हुन नसक्ने बताएको प्रधानमन्त्री दाहालले बताए।

प्रकाशित मिति: ११:१९ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्