Kathmandu Press

प्रधानमन्त्रीको भारत भ्रमणको तेश्रो दिन,  यस्तो छ कार्यतालिका 

आजै प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्ने कार्यक्रम छ । यसअघि हिजो प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । हिजै उनले राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए ।  
प्रधानमन्त्रीको भारत भ्रमणको तेश्रो दिन,  यस्तो छ कार्यतालिका 

काठमाडौं, जेठ १९ : चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज तेस्रो दिन मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्ने कार्यक्रम छ । त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ । 

आजै प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्ने कार्यक्रम छ । यसअघि हिजो प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । हिजै उनले राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए ।  

प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गरेका थिए । हिजै नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गरेका थिए । 

भ्रमणको पहिलो दिन बुधबार प्रधानमन्त्री प्रचण्डसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भेट गरेका थिए । नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएका प्रधानमन्त्री प्रचण्डले प्रवासी नेपालीलाई सम्बोधन गरेका थिए ।

भ्रमणको चौथो दिन भोलि ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्ड स्वेदश फिर्ता हुने कार्यतालिका रहेको छ । 

प्रकाशित मिति: ०६:५७ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्