Kathmandu Press

सांसद विकास कोष खारेजीकाे माग गर्दै रास्वपाले दर्ता गरायाे संकल्प प्रस्ताव

डोलप्रसाद अर्याल नतृत्वको रास्वपा सांसदको टोलीले सांसद विकास कोषका लागि बजेट विनियोजन गर्दा राष्ट्रिय ढुकुटी दोहन हुने भन्दै खारेजीको माग गर्दै बिहीबार संकल्प प्रस्ताव दर्ता गराएको हो।
सांसद विकास कोष खारेजीकाे माग गर्दै रास्वपाले दर्ता गरायाे संकल्प प्रस्ताव

काठमाडाैं, जेठ १८ : सांसद विकास कोषा खारेजीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा संकल्प प्रस्ताव दर्ता गराएको छ।

डोलप्रसाद अर्याल नतृत्वको रास्वपा सांसदको टोलीले सांसद विकास कोषका लागि बजेट विनियोजन गर्दा राष्ट्रिय ढुकुटी दोहन हुने भन्दै खारेजीको माग गर्दै बिहीबार संकल्प प्रस्ताव दर्ता गराएको हो।

Hardik ivf

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई रकम छुट्याएर बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको रास्वपाले बताएको छ। सरकारले बजेटमार्फत संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ५ करोड रुपैयाँका दरले ८ अर्ब २५ करोड रकम विनियोजन गरेको छ।

‘अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने, मुलुक विकेन्द्रीकरणको अभ्यासमा गइसकेको अवस्थामा यस्ता स्थानीय विकास केन्द्रित कार्यक्रम ल्याउनुले स्थानीय सरकारको कार्य सम्पादनमा आशंका सिर्जना गरेको देखिने छ,’ रास्वपाको संकल्प प्रस्तावमा भनिएको छ।

रास्वपाले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिइरहेको समयमा सरकारले संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्दा मुलुकलाई आर्थिक बोझ थपिँदा विकेन्द्रीकरणको औचित्यमा नै प्रश्न उठाएको बताएको छ।

प्रकाशित मिति: २०:४२ बजे, बिहीबार, जेठ १८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्