Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका हरिभक्त महर्जन पक्राउ

हरिभक्तले भुटानी शरणार्थी बनाउने भन्दै सर्वसाधारणबाट असुलेको रकम लक्ष्मीको खातामा राखेको खुलेपछि लक्ष्मी पनि प्रतिवदाीको सूचीमा समेटिएकी थिइन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका हरिभक्त महर्जन पक्राउ

काठमाडौं, जेठ १८ : नक्कली भुटानी शरणार्थी प्रकणमा संलग्न थप एक जना पक्राउ परेका छन्। संलग्नता पुष्टी भएपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।

केही दिनअघिमात्र प्रहरीले यही प्रकरणमा मुछिएकी हरिभक्तकी श्रीमति लक्ष्मी महर्जनलाई पक्राउ गरेको थियो । लक्ष्मी नेपाल प्रहरी अस्पताल महाराजगन्जमा सई पदमा कार्यरत नर्स हुन् । हरिभक्तले भुटानी शरणार्थी बनाउने भन्दै सर्वसाधारणबाट असुलेको रकम लक्ष्मीको खातामा राखेको खुलेपछि लक्ष्मी पनि प्रतिवदाीको सूचीमा समेटिएकी थिइन्।

Hardik ivf

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रहित प्रतिकूल, संगठित अपराध, ठगी र किर्तेका दफा लगाएर बिगो, कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर छ।

अदालतमा उनीहरुको बयान लिने क्रममा जारी छ। आरोपितविरुद्ध २८ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

मुद्दा चलाइएकामध्ये १८ जना पक्राउ परेका छन्। भने १२ जना फरार छन्।

फरारको सूचीमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज फरार छन। सहित १२ जना फरार छन्।

प्रकाशित मिति: २०:२७ बजे, बिहीबार, जेठ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्