Kathmandu Press

भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित ३ जना दोषी ठहर

विशेष अदालतले कर फर्स्योट आयोगको अनियमितता शर्मासहित आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई दोषी ठहर गरेको हो।
भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित ३ जना दोषी ठहर

काठमाडाैं, जेठ १८ : विशेष अदातलले भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मासहितलाई तीन जनालाई दोषी ठहर गरेको छ।

विशेष अदालतले कर फर्स्योट आयोगको अनियमितता शर्मासहित आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई दोषी ठहर गरेको हो।

Hardik ivf

उनीहरुलाई दोषी गठर गरेपछि विशेष अदालतले सजया भने तोकेको छैन । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था भएकाले विशेष अदालतले त्यसका लागि जेठ २५ गतेका लागि छुट्टै पेशी तोकेको छ।

अख्तियारले उनीहरुविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

राजश्व चुहावटमा दोषी ठहर भएका उनीहरुले गैरकानुनी सम्पत्तिमा सफाइ पाएका छन्।

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा आयोगमा सदस्यसचिवको हैसियतमा कार्यरत थिए ।

२०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले गठन गरेको कर फर्छ्योट आयोगले बक्यौता (नउठेको कर) का रूपमा रहेको ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो।

कर फर्छ्योट आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको महालेखाको निष्कर्ष थियो । आयोगबाट ३० अर्ब ५२ करोड रुपैयाँ फर्स्यौट ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो ।

प्रकाशित मिति: १९:४८ बजे, बिहीबार, जेठ १८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्