विधेयक प्रमाणीकरणको समर्थनमा नेविसंघकाे प्रदर्शन
संविधानमा भएको कार्यान्वयन गरेर नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै नेविसंघले राष्ट्रपति रामचन्द्र पौडेलेको पक्षमा बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।
काठमाडाैं, जेठ १८ : नेपाल विद्यार्थी संघले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ।
संविधानमा भएको कार्यान्वयन गरेर नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै नेविसंघले राष्ट्रपति रामचन्द्र पौडेलेको पक्षमा बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले अनागरिकलाई नागरिक बनाएकोमा धन्यवाद, नागरिकता समस्या समाधानका लागि धन्यवाद, संविधानले गरेको व्यवस्थालाई कसैको आदेशमा रोक्न र खोस्न सकिँदैन लगाएतका प्लेकार्ड देखाएका थिए।
नागरिकता प्राप्तीको बाटो खुल्ला भएसंगै मधेशका नागरिकलाई पढ्न, खाता खोल्न सहज हुने र मधेश प्रदेशका बासिन्दाले उन्नती प्रगति गर्ने उनीहरुले बताएका छन्।
प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार