निर्माणाधीन नयाँ संसद भवनको निर्माणको गति बढाउन सभामुखकाे निर्देशन
सिंहदरबारस्थित पुतलीबगैंचा वरपरको १५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटा अत्याधुनिक संसद भवन निर्माण भइरहेको छ।
काठमाडाैं, जेठ १८ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्माणाधीन नयाँ संसद भवनको निर्माणको गति बढाउन निर्देशन दिएका छन्।
बिहीबार सिदरबारमा निर्माणाधिन नयाँ संसद भवनको स्थलगत निरिक्षण गर्दै सभामुख घिमिरेले निर्माणको गति निकै सुस्त भएको र यसले थप भार पर्न जाने भन्दै निर्माणको गति बढाउन निर्देशन दिएका हुन्।
निरीक्षणका क्रममा निर्माण पक्षले नयाँ संसद भवनको ६३ प्रतिशत काम सकिएको जानकारी गराएको थियो ।सभामुख घिमिरेले लक्ष्यअनुसार निर्माणको काम हुन नसकेको भन्दै निर्माणको गति वृद्धि गर्न, त्रुटिरहित काम गर्न निर्देशन दिए। उनले संसद भवन निर्माणका क्रममा केहि समस्या देखिए संसद सचिवालय र आफुले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले आफूले संसद भवन निर्माणको कामलाई कार्ययोजनाकै रुपमा फलोअप गर्ने बताए।
सिंहदरबारस्थित पुतलीबगैंचा वरपरको १५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटा अत्याधुनिक संसद भवन निर्माण भइरहेको छ।











