पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प छैन : गगन थापा
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको निराशा बढेको भन्दै पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको बताएका हुन्।
काठमाडाैं, जेठ १८ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प नभएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको निराशा बढेको भन्दै पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको बताएका हुन्।
उनले तल्लो तहमा गएर आवश्यक सुधार लिई त्यसका आधारमा पार्टी सुधारको अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए।
अहिले कांग्रेस पहिलो पार्टी भएपनि कार्यकर्ता तहमा निराशा चूलिएको थापाको भनाइ छ।
उनले चुनाव अघिको गठबन्धनले नै पार्टीप्रतिको विश्वासमा संकट देखापरेको अवस्थामा आगामी चूनावमा सारा दलबीच गठबन्धन भए पनि कांग्रेस एक्लै चूनाव लड्छ भन्ने आश्वस्त पार्नुपर्ने जिकिर गरे।
उनले नेतृत्वले ठिक ढंगले काम गर्न नसक्दा कार्यकर्ताहरुले पनि सहि तवरले काम गर्न नसकेको यथार्थलाई अन्त्य गर्नुपर्ने बताए।