Kathmandu Press

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो 

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो 

काठमाडौं, जेठ १८ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

दिल्लीस्थित हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मात्रै नभएर सबैभन्दा ठुलो व्यापारिक साझेदार भएको सन्दर्भ उल्लेख गर्दै चाँडै मोदीलाई नेपाल भ्रमणमा स्वागत गर्ने बताए।

 
 

प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, जेठ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्