नेपालसँगको सीमा समस्या समाधान हुन्छ, सम्बन्ध मजबुत बनाउन विभिन्न सम्झाैता गर्याैं : माेदी
दाहाल र आफूले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण निर्णय लिएको बताए।
काठमाडौं, जेठ १८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमालगायत सबै समस्याको समाधान गर्ने बताएका छन्।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने, ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौं।’ दुई देशको सम्बन्धलाई हिमालय जति उचाइ दिनुपर्नेमा उनले जोड दिए।
मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको पनि बताए। दाहाल र आफूले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण निर्णय लिएको बताए। उनले नेपाल र भारतबीच भएको ट्रान्जिट एग्रिमेन्टले नेपालका जनताका लागि नयाँ रेल रुटको व्यवस्था गरिएको बताए।
उनले लङटर्म पावर ट्रेड एग्रिमेन्ट भएको पनि बताए। ‘१० वर्षमा नेपालमाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेका छौं,’ उनले भने।











