Kathmandu Press

सीमा क्षेत्रको हवाई अनुमति मिल्याे, बंगलादेश विद्युत् निर्यातकाे प्रस्तावमा माेदी सकारात्मक : दाहाल

सीमा क्षेत्रको हवाई अनुमति मिल्याे, बंगलादेश विद्युत् निर्यातकाे प्रस्तावमा माेदी सकारात्मक : दाहाल

काठमाडौं, जेठ १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाललाई भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको बताएका छन्।

भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनले भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति दिएको बताएका हुन्।

उनले नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाको डिपीआर बन्ने सहमति भएको बताए। तीन महिनाभित्र डिपिआर बन्ने र एक वर्षमा अगाडिका काम बढ्ने सहमति भएको प्रचण्डले उल्लेख गरेका छन्।

भारत-नेपालबीच अहिलेसम्मकै ठुलो व्यापारिक साझेदार भएको दाहालले दाबी गरे।

उनले बंगलादेश विद्युत् निर्यात गर्ने कुरामा चाँडै तीन देशबीच औपचारिक सहमति हुने जानकारी पनि गराए।

त्यससम्बन्धी आफूले राखेकाे प्रस्तावमा मोदी सकारात्मक रहेको बताउँदै दाहालले चाँडै तीन देशबीच समझदारी हुने विश्वास व्यक्त गरे। ‘भारतको बाटो हुँदै बंगलादेश बिद्युत् निर्यात गर्ने कुरामा मोदीजी सकारात्मक हुनुहुन्छ,' उनले भने, 'चाँडै नै तीन देशबीच समझदारी हुने विश्वास छ।’ 

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, जेठ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्