Kathmandu Press

दाहाल-मोदीले उद्घाटन गरेको कार्गो रेल विराटनगर आइपुग्यो

विराटनगरस्थित आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको औद्योगिक कच्चा पदार्थ बोकेर भारतको बथनाहाबाट रेल विराटनगरका लागि छुटेको थियो।
दाहाल-मोदीले उद्घाटन गरेको कार्गो रेल विराटनगर आइपुग्यो

काठमाडौं, जेठ १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेको कार्गो रेल विराटनगर आइपुगेको छ। भारतको बथनाहाबाट रेल विराटनगर भन्सार आइपुगेको हो । यो दुरी ७ दशमलव ६ किलोमिटर छ ।

विराटनगरस्थित आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको औद्योगिक कच्चा पदार्थ बोकेर भारतको बथनाहाबाट रेल विराटनगरका लागि छुटेको थियो। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा रेल्वे सेवाको उद्घाटन गरेका थिए।

औद्योगिक कच्चा पदार्थ बोकेर रेल विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) आएपछि विराटनगरमा स्वागत गरिएको छ । रेलबाट औद्योगिक सामान ढुवानी हुन थालेपछि अहिलेको भन्दा ढुवानी खर्च आधाभन्दा सस्तो पर्ने व्यवसायीले बताएका छन् ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणअघि यस विषयमा भन्सार र भारतीय रेल्वेका अधिकारीले विराटनगरका उद्योगी व्यवसायीसँग छलफल गरेका थिए।  

विराटनगरसम्म रेल सेवा नहुँदा भारतको बथनाहासम्म आएको रेल कार्गोको लोड÷अनलोड गरी फेरि ट्रकमा लोड गरी भन्सारसम्म ल्याउनु पर्ने अवस्था थियो। अब यो समस्याको अन्त्य भएको  छ।

 

प्रकाशित मिति: १३:४८ बजे, बिहीबार, जेठ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्