यी हुन् नेपाल-भारतबीच भएका समझदारी, शिलान्याय र परियोजना उद्घाटन (सूचीसहित)
प्रधानमन्त्री दाहाल र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत समझदारी भएका विषयमा जानकारी गराए।
काठमाडौं, जेठ १८ : नेपाल र भारतबीच विभन्न सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो ।
तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्टलगायत समझदारीमा हस्ताक्षर भएको जनाइएकाे छ।
हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ।
प्रधानमन्त्री दाहाल र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत समझदारी भएका विषयमा जानकारी गराए।
शिलान्याय, सम्झौता र परियोजनाको उद्घाटनका सूची यसप्रकार छन्ः
-सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास
-नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन
-बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन
-अमलेखगञ्जदेखि चितवनको लोथल सम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास
-गोरखपुर-न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास
–सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी
-तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट
-फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट
-क्रस बोर्डर पेमेन्ट समझदारी











