दाहाल र मोदीले गरे नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन
भारत सरकारको सहयोगमा बाँकेमा निर्माण गरिएको व्यापार पूर्वाधारको आज (बिहीबार) दाहाल र मोदीले दिल्लीबाट संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
काठमाडौं, जेठ १८ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन्।
भारत सरकारको सहयोगमा बाँकेमा निर्माण गरिएको व्यापार पूर्वाधारको आज (बिहीबार) दाहाल र मोदीले दिल्लीबाट संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
झन्डै १५ वर्षयता भारत सरकारको सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको जनाइएकाे छ।
उद्घाटनपछि भारततर्फबाट कन्टेनर नेपालकाे सुक्खा बन्खाबन्दरगाह प्रवेश गरेका थिए। नेपाल भित्रिएका कन्टेनरलाई सुक्खा बन्दगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यलय नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरुले स्वागत गरेका थिए।
प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











