दाहाल र मोदीले संयुक्त रुपमा गरे बथनाहा-विराटनगर कार्गो रेल उद्घाटन
दाहाल र मोदीले आज (बिहीबार) झन्डा देखाएर दिल्लीबाट रेलवे र कार्गो रेल उद्घाटन गरेका हुन्।
विराटनगर, जेठ १८ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन्।
दाहाल र मोदीले आज (बिहीबार) झन्डा देखाएर दिल्लीबाट रेलवे र कार्गो रेल उद्घाटन गरेका हुन्। अब पटनाको बनथाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर दुरीमा कार्गो रेल नियमित सञ्चालन हुनेछ। यात्रुवाहक रेल सेवा भने तत्काल सञ्चालन हुनेछैन।
विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउनेछ।
प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











