शरणार्थी प्रकरण : रायमाझी, शेर्पा र मियाँको बयान सुरु
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीनजनाको बयान चलिरहेको छ।
काठमाडौं, जेठ १८ : नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा बिहीबार टोपबहादुर रायमाझी, आङटावा शेर्पा र हज समितिको अध्यक्ष समशेर मियाँको बयान सुरु भएको छ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीनजनाको बयान चलिरहेको छ। पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव रहेका रायमाझी, तत्कालीन संविधान सभा सदस्य एवम् कांग्रेस महाधिवेशन प्रतिनिधि आङटावा शेर्पा र हज समिति अध्यक्ष समशेर मियाँविरुद्ध नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन संलग्न रहेको आराेप छ।
रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकार रहेको अभियोग दाबी छ। बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा शुरु भएकोथियो। हालसम्म १२ प्रतिवादीको बयान सकिएको छ।उक्त प्रकरणमा १७ जना पक्राउ परेका छन्।
पक्राउमध्ये यी तीन जनाको बयान सकिएपछि अब दुईजनाको बाँकी रहने छ। त्यसपछि थुनछेक वहश शुरु हुने छ। प्रहरीका अनुसार अभियुक्त मध्ये १३ जना अझै फरार छन्।











