Kathmandu Press

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजंघा आरोहण

आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर छन्। उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए।
चार विदेशीसहित १४ जनाले गरे कञ्चनजंघा आरोहण

ताप्लेजुङ, जेठ १८ : कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन्।

आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर छन्। उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए।

यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए।

उनका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजङ्घा जानुभएको थियो । यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले सफल आरोहण गरेका थिए।

प्रकाशित मिति: १२:३७ बजे, बिहीबार, जेठ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्