Kathmandu Press

एमालेको सचिवालय बैठक शुक्रबार

समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो।
एमालेको सचिवालय बैठक शुक्रबार

काठमाडाैं, जेठ १८ : नेकपा एमालेले सचिवालय बैठक डाकेको छ। एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ। 

उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो।

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ। एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो।

प्रकाशित मिति: १२:१९ बजे, बिहीबार, जेठ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्