दिल्ली पुगेर प्रधानमन्त्रीले भने– विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सरकार प्रतिबद्ध छ
बुधबार नयाँ दिल्लीमा नेपाली दूतावासले आयाेजना गरेको कार्यक्रममा विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको प्रत्याभूत गर्न प्रतिबद्ध रहेको बताए ।
काठमाडाैं, जेठ १७ : चार दिने भ्रमणका लागि बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार नयाँ दिल्लीमा नेपाली दूतावासले आयाेजना गरेको कार्यक्रममा विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको प्रत्याभूत गर्न प्रतिबद्ध रहेको बताए ।
देशको अर्थतन्त्र पुनरुत्थान गर्ने काम गरिरहेको बताउँदै उनले भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर देश विकासमा योगदान दिन प्रधानमन्त्री दहालले आग्रह गरे। आफूहरुले देशको उनले बताए ।

यस्तै, प्रधामन्त्री दाहालले आफ्नो भ्रमणको प्रमुख उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनु रहेको बताए ।
कार्यक्रममा उनले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने पनि जानकारी पनि दिए। मोदीसँग हैदरावाद हाउसमा वार्ता गर्नेछन्।
प्रधानमन्त्रीसहितको नेपाली टोली नयाँदिल्लीस्थित मौर्य होटलमा बसेको छ।



-1784539922.jpg)




-1784539922.jpg)

-ink-1740145376.jpeg)
