Kathmandu Press

पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन्।
पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं, जेठ १७ : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिना, रुसी महासङ्घका राजदूत मिलनराज तुलाधरलाई बेलारुसका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।

यस्तै, डेनमार्कका प्रा. डा. रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका राजदूत तापस अधिकारीलाई टर्कीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको छ।

प्रकाशित मिति: २०:२४ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्