Kathmandu Press

प्रधानमन्त्री दाहालसँग विदेश सचिव क्वात्रा र सुरक्षा सल्लाहकार डोभालको भेट

चार दिने भ्रमणका लागि बुधबार दिउँसो दिल्ली पुगेका प्रधानमन्त्री दहालसँग क्वात्रा र डोभालले मौर्य होटलमा भेट गरेका हुन्।
प्रधानमन्त्री दाहालसँग विदेश सचिव क्वात्रा र सुरक्षा सल्लाहकार डोभालको भेट

काठमाडौं, जेठ १७ : भारतीय विदेश सचिव विजयमोहन क्वात्रा र सुरक्षा सल्लाहकार अजित गडोभालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्।

चार दिने भ्रमणका लागि बुधबार दिउँसो दिल्ली पुगेका प्रधानमन्त्री दहालसँग क्वात्रा र डोभालले मौर्य होटलमा भेट गरेका हुन्। प्रधानमन्त्री दाहाललाई भेट्न क्वात्रा र डोभाल मौर्य होटल पुगेका थिए।

प्रधानमन्त्री दहाललाई विमानस्थलमा विदेश मन्त्रालयका राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

दाहालको भ्रमण दलमा परराष्ट्रमन्त्री एमपी साउदसहित पाँच मन्त्रीहरू सहभागी छन्। दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार हैदराबाद हाउसमा दुई पक्षीय वार्ता हुने तालिका रहेको छ।

प्रकाशित मिति: १९:१० बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्