स्वास्थ्य मन्त्रालयद्वारा ९ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफर

काठमाडौं, जेठ १७ : स्वास्थ्य मन्त्रालयले केही उच्च अधिकारीहरुको जिम्मेवारी हेरफर गरेको छ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आज (बुधबार) मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्।
वीर अस्पतालमा कार्यरत हाडजोर्नी रोग विशेषज्ञ डा. बद्री रिजाललाई राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरिएको छ। यसअघि ट्रमा सेन्टरमा मेसु डा। रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको मन्त्रालय स्रोतको भनाइ छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ। राष्ट्रिय तालिम केन्द्रको जिम्मेवारी डा. अनुज भट्टचनलाई दिइएको छ भने त्यहाँका निर्देशक डा. यदुचन्द्र गौतमलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ।
परोपराकार प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशक रहेका डा. पवनजंग रायामाझीलाई मन्त्रालय तानेर उनको ठाउँमा डा. श्री अधिकारीलाई पठाइएको स्रोतले जनाएको छ। यसैगरी औषधि व्यवस्था विभागको जिम्मेवारी नारायण ढकाललाई दिइएको छ। विभागका महानिर्देशक भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ।











-1784539922.jpg)