प्रधानमन्त्री नयाँ दिल्लीमा (तस्बिरहरू)
प्रधानमन्त्री नयाँ दिल्लीमा (तस्बिरहरू)

काठमाडौं, जेठ १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। बुधबार दिउँसो साढे १ बजे नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री दाहाल पाैनै २ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका हुन्। 

350637997_225552890239443_448055666805312345_n1685533420.jpg

प्रधानमन्त्री दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरिन्। त्यसक्रममा विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतको उपस्थिती थियो।

350919602_154331024185951_2079042534774288593_n1685533421.jpg

 

प्रधानमन्त्रीलाई विमानस्थलमा सांस्कृति झाँकीले स्वागत गरिएको थियो । त्यसैगरी उहाँलाई भारतमा स्वागत गरिएका ब्यानरहरु पनि सडकका किनारमा राखिएको थियो ।

भ्रमणमा क्रममा दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ गते हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका छ। सो वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि गरिने परारष्ट्र मन्त्रालयले जनाएको छ। (तस्बिरहरू ः प्रधानमन्त्रीकाे सचिवालय)

350702060_3529180940739987_5675767567770507012_n1685533421.jpg

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको समेत आयोजना गर्नेछन् । दाहालले नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने छन्। प्रधानमन्त्री नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ।

350264791_826035635523201_8420412513557454_n1685533418.jpg

भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै पाँच जना मन्त्रीसमेत छन्। जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थमन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल छन्। दाहालकी छोरी गंगा दाहालसँगै अन्य  पनि भ्रमणमा सामेल छिन्।

350698901_276644281491838_7669141311213077805_n1685533423.jpg

 

 

349282158_694907929069314_3619350838114359694_n1685533420.jpg

350657997_282300884154863_2002752745794414752_n1685533418.jpg

350898026_818269362568749_1867037009208586030_n1685533418.jpg

PM in india1685533381.jpg

प्रकाशित मिति: १७:२४ बजे, बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्